मेरो अखबार
काठमाण्डौ-प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आईतबार साँझ राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको हुन ।
दाहालले कांग्रेससँगको सत्तारूढ गठबन्धनलाई परित्याग गर्दै दोस्रो ठूलो दल एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ संसद्को समर्थन जुटाएर प्रधानमन्त्रीको लागि राष्ट्रपति समक्ष दावी पेश गरेका थिए ।
यसैसँग तेस्रोपटक प्रधानमत्री बनेका दाहालले सोमबार पद ग्रहण तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन् । भोलि सोमबार ४ बजे प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तय गरेको राष्ट्रपति प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।
मेरो अखबार । १० पुष २०७९, आईतवार १९:२१