सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेशिन संचालन हुने

मेरो अखबार

 नेपालगन्ज ,बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ ।

सुशील कोइराला आस्तालले विगतदेखी नै क्यान्सरको उपचार गर्दै आएतापनि लिन्याक मेसिनको अभावले सेकाईको लागी भरतपुर, काठमाडौ र भारतमा पुग्नुपर्ने जरुरी थियो । तर अब लिन्याक मेसीन संचालनमा आएपछि क्यान्सरका बिरामीले खजुरामै सेकाइका सुबिधा पाउने भएका छन् ।

लिन्याक मेसीन संचलनमा आएपछि क्यान्सरका बिरामीले अप्रेसनपछि गरिने सेकाइ र अप्रेसन नगर्दै गरिने सेकाइहरुलाई सहज हुने अस्पतालका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिएका छन् । साथै मल्लले अब क्यान्सरको सम्पुर्ण उपचार किमो, अप्रेसन र सेकाई सम्बन्धी सम्पुर्ण सेवा यहीबाट हुने बताएका छन् ।