चलचित्र ‘ह्यारी की प्यारी ’ यूनिटसंग चलचित्र पत्रकार सघं नेपाल बाकें शाखाको साक्षात्कार

 

मेरो अखबार

नेपालगन्ज,चलचित्र पत्रकार सघं नेपाल बाकें शाखाले आज बिहीबार नेपालगंजमा चलचित्र ‘ह्यारी की प्यारी ’ यूनिटसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मुख्य अतिथिका रुपमा चलचित्रका हस्यकलाकार तथा अभिनेता जितु नेपाल,डियोपी तथा लेखक सुदिप बराल र निर्माता तथा  निर्देशक डा.कपिल रिजालको उपस्थिती रहको थियो ।

कार्यक्रममा चलचित्र ‘ह्यारी की प्यारी ’का निर्माता तथा निर्देशक डा.कपिल रिजालले बिशुद्घ नेपालीपना र नेपाली परिवेशमा रहेर चलचित्र निर्माण गरेको बताएका छन् । उनले,चलचित्र मोर्डन लभस्टोरी रहेको र सिचोएसनल रोमान्टीक कमेडी को रुपमा रहेको बताए ।

त्यस्तै, चलचित्रका अभिनेता जितु नेपालले आफुलाई दर्शकले हस्यकलाकारको रुपमा लिएपनि चलचित्रमा आफ्नो पात्र फरक रहेको बताएका छन् । अभिनेता नेपालले आफुलाई कथाले मागेको एक पात्रका रुपमा रहेको बताए ।

यही माघ २० गतेबाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘ह्यारी की प्यारी ’मा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित अन्य थुप्र कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, चलचित्र ‘ह्यारी की प्यारी ’  नेपालीसहित अन्य चार बगेंली, मराठी, पन्जाबी र हिन्दी भाषामा प्रर्दशनमा आउने भएपनि नेपालमा चाहीं नेपाली भाषामा मात्र प्रर्दशन हुने चलचित्र यूनिटको भनाई छ ।

चलचित्र ‘ह्यारी की प्यारी ’मा सुदिप बरालले छायांकन गरेका छन् ।