मेरो अखबार
माघ ५,नेपालगन्ज । बाकेंको नेपालगन्जस्थित कारकादोंमा रहेको टेस्टी थकाली भान्साघरले माघीको पावन अवसर पारेर आफ्ना आगन्तुकहरुलाई माघी बिशेष परिकार सेवन गराउने कार्यक्रम ल्याएको छ ।
आगामी माघ ७ गते सम्म बिभिन्न थारु परिकारहरु ग्राहकहरुलाई निःशुल्क सेवन गराउने टेस्टी थकाली भान्साघरले जनाएको छ ।
माघीको प्रमुख परिकारहरु ढिकीरी, गन्जी, तरुल, तिलको लड्डु, भुजाको लड्डु र अचार उपलब्ध रहेको भान्साघरका सन्चालक संजीव न्यौपानेले बताएका छन् ।
उसोत, नेपालगन्जमा टेस्टी थकाली भान्साघर स्वादिष्ट थकाली खानामा परिचित नामले चिनिएको छ । साथै भान्साघरले चिकेन सेकुवा, हासको छोइला, स्वदिष्ट थकाली खाना , कडकनाथका बिभिन्न परिकार, बदिया भालेको बिभिन्न परिकार र अन्य अर्डर अनुसारको परिकारहरु उपलब्ध गराउदै आएको छ ।

‘परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतीको जोगर्न गर्नको निम्ती चाड अनुसारको स्वाद कार्यक्रम गर्दै आएको’ भान्साघरका सन्चालक न्यौपानेले बताए ।
मेरो अखबार । ५ माघ २०७९, बिहीबार १९:२३