खजुरा ः बाँकेको खजुरामा होली उत्सव मनाइने भएको छ । आदर्श युवा सञ्जालको आयोजना फागु पुर्णिमाको दिन भोलि सोमबार होली उत्सव मनाइन लागिएको हो ।
होली उत्सवमा होली मिलन शुभकामना आदान प्रदान, जिल्लाका पत्रकार र सञ्जालका सदस्यहरु विच मैत्रिपुर्ण फुटबल खेलिने सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए । सञ्जालले हरेक वर्ष होलि पर्वका अवसरमा पत्रकार र सदस्यविच फुटबल खेलको आयोजना गर्ने गरेको छ ।
सामाजिक सदभाव कायम राख्ने उदेश्यले सञ्जालले होली उत्सवको आयोजना गरेको सचिव निरौलाले बताए । पहाडि क्षेत्रमा होलि पर्व मनाइने दिन २२ गते नै खजुराको मिनि रङ्गशाला डि गाउँमा होलि उत्सवको आयोजना गरिएको आदर्श युवा सञ्जालका अध्यक्ष देव बहादुर कुंवरले जनाए । खजुरामा उक्त सन्जालले सामाजिक कार्यहरु गर्दै आइरहेको छ । होली उत्सव विहान ८ बजेदेखि सुरु हुने फिल्ड व्यवस्थापक बासु तिवारीले जानकारी दिए ।
मेरो अखबार । २१ फाल्गुन २०७९, आईतवार २१:०४