पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले महिना दिनमै सरकार परिर्वतन हुने राजनैतिक अस्थिरताको अन्त्य हुनुपर्ने बताएका छन् । शनिवार पर्वतको मोदी गाउँपालिका वडा न १ भुकमा आयोजीत राष्ट्रिय सभा कप प्रतियोगीताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले सरकार परिर्वतन भईरहने परम्पराको अन्त्य हुनुपर्ने बताएका हुन् ।
जनताले स्थिर सरकार देख्न चाहेको कुरा उल्लेख गर्दै उनले दलहरु एक आपसमा खिचातानी गरेर राजनैतिक अस्थिरता बनाईरहेको बताए । अध्यक्ष तिमिल्सीनाले नेपालमा दलहरु मिलेर स्थायी सरकार बनाउनुपर्ने तर्क गर्दै स्थिर गठबनधनहरु बन्ने भत्कने कुराको सांकेतिक विरोध समेत गरे ।
अध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमबाट विश्व भर नेपाललाई चिनाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका हुने बताउदै खेलकुदलाई मनोरञ्जनका लागि समेत लिनुपर्ने कुरा उल्लेख गरे । अर्को एक प्रशंगमा तिमिल्सीनाले पर्वत जिल्लाका सवै वडाहरुलाई पक्कि सडकले केहि बर्ष भित्र छुने विश्वास दिलाए । उनले जिल्लाको विकासको गति तिव्र गतिमा भइरहेको उल्लेख गर्दै केहि अवरुद्ध आयोजनाहरु सञ्चालनमा आफूले गम्भिरतापूवर्क सहजीकरण गरीरहेको समेत उल्लेख गरे ।
मेरो अखबार । २९ फाल्गुन २०७९, सोमबार १९:३२