बिहीबार बेलुका कुश्मा नगरपालिका वडा नम्बर ०८ चुवामा कुश्माबाट डिमुवा तर्फ आऊदै गरेको ग१ख ८४८६ नम्बरको बस र बिपरीत दिशा डिमुवा बाट कुश्मा तर्फ जादै गरेको ध१ख ८५ नंम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै बसका चालक, सह चालक र बसमा सवार यात्रुहरु घाईते भएका छन् ।
दुर्घटनाका घाइतेहरुलाई प्रानानि सुमन निउरेको कमाण्डमा रहेका प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पर्वतमा लगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ग १ ख ८४८६ नम्वरको बसका चालक मोदी गा.पा. २ पातिचौर बस्ने टेक बहादुर क्षेत्रीकाे मणिपाल अस्पताल पोखरामा उपचार भई रहेको छ भने सह चालक देउपुर गैरथोक बस्ने अमृत नेपालीकाे पर्वत अस्पतालमा उपचार भईरहेको छ ।
सोही दुर्घटनामा कु.न.पा. ६ बस्ने बर्ष २० का सञ्जोग मगर , कु.न.पा.८ चुवा बस्ने बर्ष २८ का बस चालक कुल ब. बि.क., कु.न.पा. ८ बस्ने बर्ष २७ का बिशाल दर्जी घाइते भएका छन् । उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मेरो अखबार । ३ चैत्र २०७९, शुक्रबार १०:४०