मेरो अखबार
बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टीको बढैयाताल गाउँपालिका समिती बैठक तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।
आज शनिबार पार्टीका सभापति सरष चन्द्र तिवारी र प्रदेश समिती सदस्य शान्ता बुढाथोकीको प्रमुख अतिथ्यतामा उतm कार्यक्रमा सम्पन्न भएको रास्वपा पालिका कमिटीका सचिव उद्घव सापकोटाले जानकारी दिएका छन् ।
कार्यक्रममा बढैयाताल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा र गाउँपालिका संगठन विस्तार तथा सदस्यता वितरण गर्ने बिषयमा बैठक बसी छलफल गरेको सोही पार्टीका पालिका कमिटी सह–सचिव सुदिप शर्माले जानकारी दिए ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बढैयाताल गाउँपालिकाको भोलागौडी बजार व्यवस्थापन समिती अध्यक्ष पदमा तिलकराम पौडेल निर्वाचित भएका छन् ।
बैठकले पालिकाका सबै वडासम्म सगंठन परिचालन र विस्तार गर्ने निर्णय गरेको छ ।
मेरो अखबार । ४ चैत्र २०७९, शनिबार १९:३०