देशमा नीति, पद्दति जनतामुखी छैनः पूर्व राजा शाह

मेरो अखबार

बाकें अहिलेको राजनीति तथा राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका लागि निम्ति भएको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् बुधबारनेपालगन्जस्थित रामलीला मैदानमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति, पद्दति देश जनताका निम्ति नभएको बताएका हुन्

देशमा उचित व्यवस्था पद्दति बसाल्नुपर्ने उनले उद्घोष गरे उनले नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति राजनीति भएता पनि नीति राष्ट्रमुखी, जनमुखी जनहितकारी हुननसकेको दाबी गरे २०१० को दशकदेखि ४० को दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उघोगहरुको स्थापना, औद्योगिक क्षेत्रहरुको निर्माण भविष्य सुधारकाधेरै निर्माण संरचना तथा विधि प्रक्रियाका काम भएको हो,’ उनले भने, ‘साथै महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास, शिक्षा तथा स्वास्थ्यकेन्द्रको स्थापना, भूमिसुधार, विभिन्न विश्वविद्यालय, विभिन्न विकास कोष जस्ता धेरैकाम त्यस अवधिका उल्लेखनीय उपलब्धि हुन्

अहिले ति पूर्वाधार, औद्योगिक आधारले निश्चित आकार लिन नसकेको बताए रुपान्तरका नाममा भए गरेका संरचना भत्काउँदै जाने विकार खडा गर्ने कार्यभएको आरोपसमेत लगाए पूर्वराजा शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि, आफ्नो पाखुराको बलमा अघि बढ्न जनता सबै एकजुट भइ अगाडि बढ्नआग्रह गरेका छन्