चलचित्र ‘ माया ‘ को कलाकार अडिशन नेपालगन्जमा

मेरो अखबार

बाँके, नेपालगन्ज/ निर्माणाधीन नेपाली चलचित्रमायाको नेपालगन्जमा कलाकार छनौटका लागि अडिशन हुने भएको फिल्ममा केही मुख्य कलाकारको फाइनल भएपछि थप केही कलाकारको आवश्यक पर्ने भएकाले अडिशन हुने भएको हो

बाँके बर्दियाको विभिन्न ठाउँमा चलचित्र छायांकन हुने भएपछि स्थानीय कलाकारलाई प्राथमिकतामा राखेर कलाकार छनौटका लागि अडिशन हुने भएको   यहीजेठ १६ गते बिहान  ११  बजे नेपालगन्जको विपिचोक नजिक रहेको सुनाखरी रेस्टुरेन्टमा अडिशन हुन लागेको हो

चलचित्रमा नायिका नम्रता श्रेष्ठ, सरूक ताम्राकार दीप श्रेष्ठ भने मुख्य भूमिकामा रहने फाइनल भएको बाँकी कलाकार अडिशन मार्फत छनौट गर्ने भएकोहो

प्रतिभा भएरपनि अवसर नपाएको कलाकारलाई अवसर दिन यो अडिशन गर्न लागेकोचलचित्र निर्देशक राजिब गुरूंग बताउँछन्

अडिशन मा जम्मा सोरह कलाकारलाई छानिनेछन् जसमा जगबीर चौधरीको भूमिकामा एक जना , छिरिङ्गको भूमिकामा एकजना उमेर करिब 30 वर्षको ,27 देखि30 वर्ष उमेरका सातजना पुरूष कलाकार 23 देखि 25 वर्ष उमेरका आठजना महिला कलाकार छानिनेछन्