मेरो अखबार
बाँके । लुम्बिनी प्रदेशसभा सदस्था दुर्गाप्रसाद चौधरीले कोहलपुरका गोपाल गिरीसँग भेटघाट गरेका छन् । शनिबार गिरीकै घरमा पुगेर सांसद चौधरीले भेटघाटगरेका हुन् ।
उनीहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको थियो । गोपाल नेकपा एमालेका वडा कमिटीका अध्यक्ष हुन् । ‘दुइजनाबीच संगठनलाई सुदृढीकरणबनाउने विषयमा छलफल भएको थियो,’ गोपालले भने, ‘सकारात्मक भेटभाटपछि थप उर्जा मिलेको छ ।’ जनताका अपेक्षा र मागअनुसार वडा कमिटीले काम गर्नुपर्नेसांसद चौधरीले बताए । दैलेखका गोपाल लामो समय बर्दिया बसेका थिए । जनयुद्धका कारण उनले बर्दिया छाडेर नेपालगन्ज बसाइँ सारे । एमालेको सक्रियराजनीतिमा लागेका गोपाल आजभन्दा करिब ११ वर्ष अघि मात्र कोहलपुरस्थित हवल्दारपुरमा बसाइँ सरेका थिए । २०४९ सालको स्थानीय चुनावमा उक्त गाविसअध्यक्षमा निर्वाचित भएका उनी समाज सेवामा संलग्न छन् । आफ्नो पैत्रिक सम्पत्तिसमेत उनले समाज सेवामा लगाएका छन् ।
सादा जीवनका उनी ७० बर्से उमेरमा पनि साइकल चलाएर हिँड्छन् । ‘ एमालेको राजनीतिमा सक्रिय उनी
मेरो अखबार । १४ जेष्ठ २०८०, आईतवार २०:१२