मेरो अखबार
नेपालगन्ज । अत्यधिक गर्मी भएपछि नेपालगन्जका एक युवाले यहाँको त्रिभुवन र वीपी चोकमा निःशुल्क चिसो पानी वितरण गरेका छन् । नेपालगन्ज–५, एमपीस्कुल नजिकैका अजिज मलिकले शनिबार निःशुल्क चिसो पानी वितरण गरेका हुन् ।
शनिबार दिउसो ११ः३० बाट सुरु भएको पानी वितरणको काम २ः४० बजेसम्म भएको थियो । यो अवधिमा झण्डै पाँच हजार गिलास पानी वितरण भएको उनकोभनाइ छ । विपन्न, गरिब र मजदुर यसबाट बढी लाभान्वित भएका छन् । आफ्नो व्यक्तिगत खर्चमा निःशुल्क चिसो पानी वितरण गरेको उनको भनाइ छ । उनीनेपालगन्जको एक लेखा परीक्षण संस्थामा काम गर्छन् । सोहीबाट आउने तलबको पैसाबाट सर्वसाधारणलाई पानी खुवाएको उनी बताउँछन् । ‘पैसा हुने मान्छे तरोकिएर पसल तथा होटेलबाट चिसो पानी किनेर खान सक्ला,’ उनी भन्छन्, ‘विपन्न तथा गरिब समुदायका व्यक्ति जो तिर्खाउँदा पनि पानी किन्ने पैसा हुँदैन ।मजदुरहरु किनेर पानी खान मुस्किल पर्ला । उनीहरुलाई लक्षित गरेर एक दिन भए पनि निःशुल्क चिसो पानी वितरण गरेको हुँ ।’ एक दिनका लागि मात्र निःशुल्कचिसो पानी वितरण गरिएको उनको भनाइ छ ।
निःशुल्क पानी खाएपछि गरिब, विपन्न, मजदुर तथा बाटो हिँड्नेहरु खुसी भएका थिए । गर्मीको समयमा केही व्यक्तिको प्यास मेटाउन पाएकोमा उनले खुसी व्यक्तगरे ।
जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार नेपालगन्जको तापक्रम ४१ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो ।
मेरो अखबार । २७ जेष्ठ २०८०, शनिबार २०:४९