नेपालगन्जमा खुल्यो सुविधासम्पन्न ‘सिने रोयल’ सिनेमा हल

 

मेरो अखबार

नेपालगन्ज । बिहीबार अर्थात आजबाट बाकेंको नेपालनन्जस्थित मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ ।

वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापाको योजना तथा लगानीमा उक्त सिनेमा हल सञ्चालनमा ल्याएका हुन् ।

उक्त हलमा लक्जरी सिट, तिन वटा पर्दा रहेको छ । भने, हलको जम्मा दर्शक क्षमता ५ सय ६० रहेको छ ।

२५ करोड लगानी रहेको उक्त सिनेमा हलको टेक्नोलोजी र सुविधाका आधारमा नेपालकै पहिलो रहेको सञ्चालक डा. राहुल थापा बताउछन् । यस हलमा नेपाल तथा भारतबाट आउने दर्शकले नया ढगंले सिनेमा हेर्ने वातावरण मिल्ने डा.थापाले बिस्वास व्यक्त गरे ।

पश्चिम नेपालको सबै भन्दा ठुलो शहर नेपालगञ्जमा सञ्चालनमा आएको यस सिनेमा हलले नेपालका मात्रै दर्शक नभएर भारतका चलचित्र प्रेमीहरुलाई पनि नेपालगन्ज एउटा नयाँ गन्तव्य बन्ने र जसले गर्दा नेपालगन्जमा आर्थिक तथा पर्यटन विकासमा थप टेवा पुग्ने डा. थापा बताउछन् ।