मेरो अखबार
नेपालगन्ज । कोभिड–१९ (कोरोना भाइरस) ले आर्थिक क्षेत्रमा ठूलो प्रभाव पा¥यो । कोराना भाइरस न्यूनीकरणसँगै तंग्रिन लागेको अर्थतन्त्रलाई आर्थिक संकटले झनै पीडामाथि पीडा थपिदियो । जसले सानाठूला लगानीका उद्योगी व्यापारीले ठूलो घाटा व्यहोर्नु प¥यो । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जले यसको सामना गर्नु प¥यो । अहिले पनि बजार सुधारोन्मुख छैन । कोरोना भाइरस र आर्थिक संकटले सिर्जित गरेका समस्या समाधानका लागि नेपालगन्ज, खजुरालगायतका उद्योगी व्यापारी नेतृत्व खोजीमा छन् । भदौ २ गते नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव हुँदैछ । यही चुनावमा उनीहरुले यहाँका व्यापार व्यवसायलाई चलायमान पार्न सक्ने र उद्योगी व्यापारीको हकहितको पक्षमा वकालत र संरक्षण गर्न सक्ने नेतृत्व खोजिरहेका छन् ।
जसका समाधान र यस क्षेत्रका उद्योगी व्यवसायीको रोजाइअनुसार नेपालगन्ज–१० भृकुटी नगरका टंकप्रसाद शर्मा चुनावी मैदानमा उत्रिएका छन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट उनले महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी २०६० सालदेखि नेपालगन्जमा व्यवसाय गर्दै आएका छन् । सुरुमा कपास र जडीबुडी व्यवसाय सुरु गरेका शर्माले चार वर्षसम्म कपास व्यवसाय गरे । त्यसपछि कपास व्यवसायलाई छोडेर उनी अहिले पनि जडीबुडी व्यवसाय गर्दै आएका छन् ।
जे शमौ मेडिकल स्टोरका संरक्षकसमेत रहेका उनी नेपालगन्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउजिङ प्रालिका सञ्चालक, नेपाल जडीबुटी व्यवसाय संघका अध्यक्षसमेत हुन् । लायन्स क्लब अफ सिटीको २०२२÷०२३ को अध्यक्ष भएर थुप्रै सामाजिक काम गरे । जसको प्रसंशा अहिले पनि चुलिन्छ । उनी नेपाल सरकारका पूर्व कर्मचारी हुन् भने नेपालगन्ज उद्योग वाणिज्य संघको निवर्तमान सदस्यसमेत हुन् । उनी जहाँजहाँ नेतृत्वमा पुगे त्यहाँ सर्वसम्वतनै भए ।
आफ्नो पेसा व्यवसायबाट कयौंलाई रोजगारी दिएको कुशल र सक्षम व्यक्तिका रुपमा परिचित छन् । ‘अहिले व्यवसायीले चर्को ब्याजको सामना गरिरहनु परेको छ,’ उनले भने, ‘व्यापार घट्दो अवस्थामा रहँदा ब्याज बढाउनु उद्योगी व्यापारीको हकहितका पक्षमा छैन ।’ उद्योगी व्यापारीको मनोवल कमजोर गराउने गरी भएको यस्ता क्रियाकलापविरुद्ध संघर्ष गर्ने उनको भनाइ छ । नेपाल–भारत खुला सीमा क्षेत्रले पनि यहाँको व्यापार निरासजन बनाएको भन्दै उनले भने, ‘पारिबाट हुने चोरीपैठारी र सीमापार हुने व्यापारलाई न्यूनीकरण गर्न पहल गर्ने छु,’ उनी भन्छन्, ‘यसका लागि प्रशासनलगायतका निकायसँग समन्वय र सहकार्य गर्नेछुँ ।’
‘सीमा क्षेत्रमा कडाइ नहुँदा सामान्य किनमेलका लागि पनि उपभोक्ता सीमा पारि जाने गरेका छन्,’ उनले भने, ‘यसको रोकथाम नहुँदा हामी व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । यो समाधान भए यहाँका व्यापारीलाई ठूलो राहत हुन्थ्यो ।’
आयात र निर्यातमा समस्या भएको भन्दै उनले यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउँछन् ।
मेरो अखबार । ३१ श्रावण २०८०, बुधबार २१:४५