मेरो अखबार
नेपालगन्ज । रोयल इन्फिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरुबिच भाइचाराको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले ‘अगैया राइड २०८०’ गर्ने भएका छन् ।
यही भादौ २ गतेका दिन नेपालगन्ज, कोहलपुर, ढकेरी हुदै अगैयासम्म उक्त यात्रा हुनेभएको हो ।
नेपालगन्ज निवासी अत्यन्तै मिलनसार युवा प्रविन सिजालीद्वारा आयोजनामा ‘अगैया राइड २०८०’ यात्रा हुने भएको हो । राइड नेपालगन्ज देखी अगैयासम्म करिब ६० किलोमिटर यात्रा गरिने छ ।
‘अहिले सम्म जम्मा ९ वटा रोयल इन्फिल्ड बुलेट बाइकहरु सम्पर्कमा आइ उपस्थिती जनाउने भएका छन् । र यस राइडमा अरुपनि बुलेक बाइक युजर भए हामी स्वागत गर्ने ’ राइडका सयोंजक सनिल क्षेत्री बताउछन् । क्षेत्रीले ‘ अन्य बिभिन्न ठाउँमा पनि यस्ता राईड गरिरहेका छन् । आफु पनि बुलेट युजर हु, यसरी राइड गर्दा नचिन्ने साथिहरुबिच अपनत्व बढ्ने भएकाले यो राइड आयोजना गरिएको ’ बताउछन् ।
मेरो अखबार । ३२ श्रावण २०८०, बिहीबार १३:३६