प्रेस युनियन बाँकेको पदभार ग्रहण

मेरो अखबार

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । बिहिबार आयोजित नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीलाइ प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित प्रियास्मृती ढकाल नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट अध्यक्षमा प्रियास्मृती ढकाल निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष अर्जुन ओलीले नवनिर्वाचित अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरे । निवर्तमान सचिव रहेका बिजय मल्लले नवनिर्वाचित सचिव भिष्म लोदलाई संस्थाको जिम्मेवारीसंगै माइन्यूट हस्तान्तरण गरे । यस्तै गरी, कोषाध्यक्षको सम्पुर्ण जिम्मेवारी खडक खत्रीलाई हस्तान्तरण गरे ।

साथै,कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत प्रदान गरेको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त जनक बहादुर शाहीले प्रमाण पत्र बितरण तथा पदभार ग्रहण कार्यक्रमको अवसरमा निर्वाचित पदाधिकारी एंव समितिलाई प्रमाण पत्र बितरण गरेका थिए ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन ओलीले पत्रकार महासंघको नेतृत्वका लागि पनि वर्तमन समितिले बिशेष भूमिका निर्वाह गरेको भन्दै अबको नेतृत्वले बाँकी रहेको कामलाई पुर्णता दिनुपर्ने बताए । ओलीले संस्थाको दिगोपनाका लागि आफुहरुको नेतृत्वले जग्गा व्यवस्थापन गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् ।

अबको नेतृत्वले युनियनमा सबै साधारण सदस्यलाई मिलाएर लैजाने अपेक्षा समेत प्रदेश उपाध्यक्ष जयसिहं केसीले व्यक्त गरे ।

यस्तै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष प्रियास्मृती ढकालले युनियनलाई सबैको बनाउन कुनै कसर बाँकी नराख्ने र कोही कसैलाई युनियनबाट एक्लिएको महसुस हुन नदिने बताएका छन् । उनले संस्थालाई आर्थिक रुपमा बलियो बनाउने कार्यको युनियनले शुरुवात गर्ने बताए ।

कार्यक्रममा प्रेस युनियन प्रदेशका उपाध्यक्ष जयसिहं केसी, महासचिव नविन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन प्रदेश सदस्य गौरव गिरी, निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।