प्रथम खजुरा तिज महोत्सवको सचिवालय उद्घाटन

नृत्य प्रतियोगिता गरिने

मेरो अखबार

नेपालगन्ज बाँकेको खजुरामा क्रियासिल आदर्श युवा सञ्जालको आयोजनामा हुन लागिरहेको प्रथम खजुरा तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रमकोसचिवालय स्थापना गरिएको खजुरा एक नम्बर बजारमा तिजको दिनमा आयोजना गरिने महोत्सव सचिवालयको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुरविकले उद्घाटन गरे

आदर्श युवा सञ्जालको मुख्य आयोजना अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवाक्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवलाई पालिकाको महत्वपुर्ण सहयोग रहने सचिवालय पछि उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले प्रतिवद्धताव्यक्त गरे

तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सामुहिक एकल तिज निर्त्य प्रतियोगिता मुख्य आर्कषणका रुपमा रहेको सञ्जालका अध्यक्ष तथा महोत्सव संचालनसमितिका संयोजक कल्पना तामाङ्ले जानकारी दिइन

सामुहिक तिज न्यृत्य प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कार पाउने छन त्यस्तै दोश्रो हुने टिमले १५ हजार, तेश्रो हुने टिमले १० हजार सान्तावनाहुने टिमले नगद हजार पाउने सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए एकल तिज गित न्यृत्य प्रतियोगिताका विजयिहरुका लागिआर्कषक पुरस्कारको व्यवस्था गरिएको सञ्जालका उपाध्यक्ष तथा सास्कृतिक उप समितिका संयोजक दाहालले बताए सञ्जालले तिज महोत्सवमा रमाइलो मात्रनभएर महिला दिदिबहिनीहरुका लागी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने तयारी गरेको सचिव सुवास निरौलाले जानकारी दिए तिज महोत्सवको पुर्वतयारी सचिवालयको उद्घाटन संगै तिव्र रुपमा भैरहेको सचिव निरौलाले उल्लेख गरे तिज महोत्सवको मुख्य उदेश्य रमाइलो मात्र नभएर सामाजिक सेवा युवाविचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्ले बताइन