नेपाल प्रेस युनियन बाँके शाखाले हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्दै

तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको हो ।

मेरो अखबार

नेपालगन्ज, १८ भदौं नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु नारीहरुको महानपर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको

प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको सचिव भिष्म लोधले बताएका छन।

स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निर्णय गरेको

तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको हो

युनियन बाँके शाखाले प्रतियोगितामा सहभागिताको लागि बाँकेमा क्रियाशिल सम्पुर्ण महिला पत्रकारलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको

यसैगरी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्ताचाचाको ९५औं जन्मजयन्तीको अवसरमा आगामी यही भाद्र २६ गते पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको

बाँकेको पत्रकारितामा महत्वपुर्ण योगदान दिनुभएका संस्थापक अध्यक्ष गुप्ताको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निर्णय गरिएको सचिव लोधले जानकारी दिए गोष्ठीमा गुप्ताले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पु¥याएको योगदान पत्रकारिताको बारेमा चर्चा गरिनेछ