सडक सुरक्षाको लागि ट्राफिकसँग वल्र्डलिंकले गर्यो सहकार्य


बाँके । ‘सडक दुर्घटना हुनबाट बाचौ र बचाऊँ’ भन्ने नाराका साथ वल्र्डलिंक कमिनिकेशन नेपालगंज शाखाले सडक सुरक्षाको लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेको छ । पछिल्लो समयमा सडकमा धेरै दुर्घटना हुने र त्यस्को न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने मूल अशायका साथ वल्र्डलिंकले प्रहरीसँग सहकार्य कार्यक्रम गरेको वल्र्डलिंक बाँके शाखाका एचआर कोर्डिनेटर प्रभात रञ्जन कर्णले बताएका हुन् ।

कार्यक्रममा वल्र्डलिंकका ५० बढी कर्मचारीलाई जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका इन्चार्ज वरिष्ट सई ओमप्रकास पौडेलले अभिमुखीकरण दिएका थिए । उनले सडक दुर्घटनाको वर्तमान अवस्था, सडक दुर्घटनाबाट बच्नसक्ने उपायहरुका बारेमा कार्यक्रममा अभिमुखीकरण दिएका हुन् ।

कार्यक्रममा शाखाका ब्रांच म्यानेजर नबराज पंगेलीले बाँकेमा सडक दुर्घटना न्यूनीकरण गर्न खटिएका ट्राफिक प्रहरीलाई विशेष धन्यबाद दिँदै वरिष्ट सई पौडेललाई टोकन अफ लभ प्रदान गरे

“वल्र्डलिंकका कर्मचारी आफ्नो क्षेत्रपरिसरभित्र विभिन्न सेवा दिने क्रममा यात्रा गर्नु पर्ने भएकाले सडक सुरक्षित कायम कसरी गर्ने र कर्मचारीमा थप ट्राफिक नियम जानकारी भएको छ,’ उनले बताए ।