ठकुरी सहयोग सञ्जाल, बाकेँले गर्यो तीज बिशेष जिल्ला स्तरीय भेटघाट तथा दर कार्यक्रम

बाकें । ठकुरी सहयोग सञ्जाल, बाकेँले महिलाहरुको महानपर्व हरितालिका तीज–२०८० जिल्ला स्तरीय भेटघाट तथा दर कार्यक्रम गरेको छ । शनिबार बाकेँको कोहलपुर स्थित एक होटलमा खजूरा गाऊँपालिकाकी उपमेयर मन्जु मल्लको प्रमुख आतित्थतामा उक्त कार्यक्रम गरीएको हो ।

‘अनेकतमा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिवद्वता’ भन्ने मुल नाराका साथ ठकुरीमा एकता र प्रतिवद्वता हुनुपर्ने साथै तिज विकृतीमा परिणत नहोस भन्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम मल्लले पानसमा बत्ति बालेर उद्धाटन गरेकी थिइन् । उनले “ तिजमा दर खाने बाहना गरेर भएपनि ठकुरीहरुको एकता हुनुपर्छ भनेर जुन उद्देश्यले संगठित भइयो र यो हुन जरुरी रहेको” बताईन् ।

कार्यक्रममा उपस्थिती जनाउने अधिकाशं वक्ताहरुले ठकुरीहरुको एकतासगैं भावनामा पनि एकता हुन जरुरी रहने बताए । उनीहरुले ठकुरीहरुको संस्कार तथा भेषभुषालाई संरक्षण गर्नु पर्ने सल्लाह दिएका थिए ।

ठकुरी सहयोग सञ्जाल, बाकेँले आयोजना गरेको उक्त कार्यक्रममा झण्डै २ सय भन्दा बढी ठकुरी महारानी तथा राजाहरुको उपस्थिती रहेको थियो ।