‘ग्रीन रोड, ग्रीन रीभर’ योजना अन्तर्गत् धमाधम बिरुवा रोप्दै हिमा

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाको नीति तथा कार्यक्रममा एक विशेष नारा छ, ग्रीन रोड, ग्रीन रीभरु अर्थात् सडक हरियो र नदी पनि हरियो। यो योजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ।

आफ्नो योजनाअनुसार यो वर्ष धमाधम बिरुवा रोपिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए। ुहेर्दा सामान्य लाग्ने यो योजनाले हिमालाई कर्णालीकै सुन्दर पालिमा बनाएरै छोड्छौं,ु उनले भने, ुहरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजनाअनुसार यतिबेला काम भइरहेको छ।ु

उनकाअनुसार देश संघीयतामा गएपछि स्थानीय तहले गरेका डोजरे विकासले वातावरणीय प्रभाव मूल्यांकन नगरी हुँदा डाँडापाखा झन् कुरुप हुन पुगेका छन्। त्यसमाथि बाढी, पहिरोको जोखिम बड्दै छ।

उनले भनेजस्तो जुम्लाका हिमा, पातारासी, तिला र तातोपानी गाउँपालिका बाढी पहिरो र भू(क्षयको उच्च जोखिममा पर्छन्। जलवायु परिवर्तनले पानीका मुहान सुक्दै छन्। अन्नबाली उत्पादन घट्दै छ।

तर, वातावरण संरक्षणमा स्थानीय सरकारको प्रथामिकता छैन्। त्यसैले हिमाले बिरुवा रोपेर रोड र रीभरलाई ग्रीन बनाइछोड्ने योजना बनाएको छ। यो योजनाले रोड र रीभर मात्रै नभएर नाङ्गा डाँडापाखा समेत हराभरा बनाउने अध्यक्ष शाहीले बताए।

ुअभियान अन्तर्गतको तलिकुडीस्थित मष्टमाटु पाखा र वडा नं। ५ को भुगाल पाटामा झण्डै ३ सय बिरुवा रोपिएको छ,ु उनले भने, ुप्रत्येक वर्षको साउन महिनामा पालिका भरिका नाङ्गा डाँडापाखा तथा नदीको तटीय क्षेत्रमा बिरुवा रोपिने छ।ु

पञ्चवर्षीय योजना अन्तर्गत हिमालाई हरियाली र जलवायु अनूकुल पालिका बनाउने अभियान अन्तरर्गत हरेक वर्षको साउन महिनाभरि वृक्षरोपण अघि बढाइनेछ।

जलवायु अनुकूलन, बाढी पहिरो, भूक्षय नियन्त्रण, वातावरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साढे दुई लाख बिरुवा रोपिनेछ।

प्रत्येक वर्षको साउन महिनाभरी ५० हजार बिरुवा रोपिनेछ। विशेष गरी नदी तटीय क्षेत्र र नाङ्गा डाँडापाखामा बिरुवा रोपिने छ,ु अध्यक्ष शाहीले भने, ुपाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोपेर हरियाली गाउँपालिका समेत घोषणा गर्ने योजना छ।ु

बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा बाढी पहिरोबाट खेतीयोग्य जमिन बचाउनुका साथै बस्तीलाई सुरक्षित गर्न वृक्षा रोपण गर्न लागिएको हो।

साउन लागेसँगै सुरु भएको वृक्षरोपण अभियान साउन महिनाभरि जारी रहने हिमाले जनाएको छ। साथै हिमाले साउन महिनालाई वृक्षरोपण महिनाका रूपमा घोषणा भएको छ।

हिमा ७ वटै वडाका विभिन्न बस्ती डाँडापाखालाई हराभरा बनाइने छ। सल्लो, देवद्यार, किमु, ओखर, पिपल र बैंसका बिरुवाहरु रोपिएका छन्।

वन्यजन्तु लोपउन्मुख अवस्थामा रहँदा वृक्षरोपणले वन्यजन्तुको सुरक्षित बासस्थानको व्यवस्था गर्नेछ। अध्यक्ष शाहीले भने,ुबासस्थानको कमीले वन्य जन्तु गाउँ पस्न थालेका छन्। हरियाली वन बनाउन अति जरुरी भइसक्यो।ु

भू(तथा जलाधार व्यवस्थापन कार्यालयका जुम्लाका प्रमुख शेखर चापागईले प्राकृतिकजन्य विपद् रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षरोपण कार्य प्रसंसनीय रहेको बताए।

ुजुम्लाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका छन्। डोजरे विकासले वातावरण कुरुप बनेको छ,ु उनले भने, ुवृक्षरोपणले वातावरण संरक्षण सँगै सुन्दरता कायम र विपद न्यूनीकरण गर्न महत पुग्छ।ु

चुनावमा पाएको मत जति बिरुवा रोप्ने वडा अध्यक्ष

हिमा गाउँपालिका( १ का वडा अध्यक्ष रतनबहादुर शाहीले आफूले पाएको मत संख्या बराबर बिरुवा रोप्ने घोषणा गरेको थिए। सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्ने बेला यस्तो घोषणा गरेका उनी यतिबेला बिरुवा रोप्न सक्रिय छन्।

उनले वडा अध्यक्ष जित्दा ३ सय २८ मत प्राप्त गरेका थिए। वर्षामा मौसमअनुसार बिरुवा रोप्ने कार्य चलिरहेको उनले बताए।

ुबिरुवा रोप्ने हाम्रो योजनाले तत्काल जनतालाई कुनै खालेको सेवा दिने छैन,ु उनले भने, ुतर, दीर्घकालमा यो जति प्रभावकारी योजना अर्को हुने छैन। मलाई विश्वास छ एक युगका लागि सोचेर बनाएको योजना सफल बनाइ छोड्नेछु। @breaknlinks.com