कोहलपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’

बाँके :  कोहलपुर नगरपालिकाको आधारभुत तह (१–८) को स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ विमोचन गरिएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समिति निर्माण गरेको पाठ्यक्रमलाई अन्तिम रुप दिएर विमोचन गरिएको हो । स्थानीय पाठ्यक्रमको कोहलपुर नगरपालिकाका निवर्तमान प्रमुख लूटबहादुर रावत र प्रमुख पूर्णप्रसाद आचार्य लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

आधारभूत तहको पाठ्यक्रम निर्माणको लागि गत बैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव तथा विज्ञ जीतबहादुर शाहको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको थियो । समितिले डेढ महिनामा पाठ्यक्रम निर्माण गरेर अन्तिम रुपमा दिएको हो । कूल सात वटा विषय समेटेर निर्माण गरिएको पाठ्यक्रमको औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको छ ।


हाम्रो कोहलपुर,हाम्रा संस्कृति र सम्पदा,कोहलपुर विकासका पुवाधार,पेसा व्यावसाय र प्रविधि,खुसीका लागि शिक्षा जीवनयोगी सीप,हाम्रो वातावरण र विपद् व्यवस्थापन विषय समेटिएको छ । उक्त अवसरमा बोल्दै समितिका संयोजक तथा विज्ञ शाहले स्थानीय पाठ्यक्रम निर्माण गर्ने कुरा निकै चूनौतिपूर्ण भएपनि छोटो समयमा राम्रो पाठ्यक्रम निर्माण गर्न सफल भएको बताए ।

उनका अनुसार पछि पाठ्यपुस्तकको रुपमा अध्ययन हुने पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक विधिबाट अध्ययपन गराउने विधिलाई जोड दिईएको छ । हाम्रो कोहलपुर नामक पाठ्यक्रममा रहेका रहेक विषयलाई स्थानीयकरण गरिएको पनि दावी गरे । यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार पाठ्यक्रम करिब डेढ महिनामा निर्माण सम्पन्न भएको हो । उनले पाठ्यक्रम कोहलपुर नगरपालिकाका हरेक विषयम समावेश भएको पुर्ण र उपयोगी रहेको समेत बताए ।

यसलाई प्रयोग र कार्यन्वयनमा समेत कडाइ गरिने उनको भनाइ छ । ‘हाम्रो कोहलपुर’ नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एउटा छुट्टै विषयका रुपमा नेपाली भाषामै पढाइ हुने अवगत गराए । जिल्ला शिक्षा तथा समन्वय इकाई, बाँकेका प्रमुख राम सुरेश यादवले कोहलपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा ठूलो फड्को मारिरहेको बताए । उनले साक्षर नगरका रुपमा रहेको कोहलपुरले जिल्लाका अन्य पालिका भन्दा गुणस्तरीय पाठ्यक्रम निर्माण बताए । यस्तै आफ्नो पालामा सुरु भएको र नयाँ जनप्रतिनिधिको पालमा विमोचन भएको पाठ्यक्रमलाई तत्काल पाठ्यपुस्तकको रुपमा सम्पूर्ण विद्यार्थीको हातमा पु¥याउन निवर्तमान प्रमुख लूटबहादुर रावतले जोड दिए । नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले संविधान र संविधानको मर्म अनुसार निर्माण भएको पाठ्यक्रम छिट्टै पाठ्यपुस्तकको रुपमा विद्यालयमा अध्ययन सुरु गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।