क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा पूर्ण छात्रवृत्तिमा सर्वोत्कृष्ट कोहलपुरकी थापा

काठमाडौँ :  कोहलपुरकी समिका थापा काठमाडौँको कोटेश्वरस्थित क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरको इन्टान्स परिक्षणमा सर्वोउत्कृष्ट नम्बर ल्याउन सफल भएकी छन् । २०,००० भन्दा बढी बिद्यार्थी संलग्न प्रवेश परिक्षामा उनी सर्वोउत्कृष्ट नतिजा ल्याई शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्न सफल भएकी हुन् ।

उनले कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई एसईई पास गरिन् । उक्त विद्यालयमा पढ्दा उनी सबैजसो अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल नै थिइन् । एसईई उर्तीण गरिसकेपछि उच्च शिक्षा हासिल गर्नका लागि उनी काठमाडौ गएकी थिइन् ।


उनी मिहिनेती र पढाईमा लगनशील पनि छिन् । त्यसकारण उनी सबैको पहिलो रोजाइ क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर नै बनेको हो । उनले नयाँ जोस जागरका लिएर सुनौलो भविस्य निर्माण कार्यमा अगाडि बढिरहने बताइन् ।