मेरो अखबार
नेपालगन्ज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउन थालेपछि उनको थप चर्चा चुलिएको छ । अधिकांशले उक्त कार्यको खुलेर प्रशंसा गरेका छन् भने, थोरैले मात्र आलोचना गरेका छन् । हडपिएको सार्वजनिक जग्गामाथिका संरचना हटाउँदा उनलाई नायकको संज्ञा दिइएको छ । यही प्रशंसा बटुल्न नेपालगन्जका मेयर प्रशान्त बिष्ट पनि लोभिएका छन् ।
- उक्त पत्रकार सम्मेलनमा उपप्रमुख कमरुद्दीन राईले बागेश्वरी मन्दिर नजिकैको चाइना बजारको जग्गा भोगाधिकार दिने निर्णय निवर्तनमा मेयर डा. धवलशमशेर राणाको गलत नियत भएको बताए । करौडौँ मूल्य बराबरको सार्वजनिक जग्गा व्यक्तिलाई भोगाधिकार दिनु गलत नियत भएको बताए ।
आइतबार पत्रकार सम्मेलन गरी नेपालगन्जका सार्वजनिकमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन लागिएको बताए । व्यक्तिगत परियोजनका लागि सार्वजनिक जग्गा हडपिएको भन्दै उनले सुरक्षाकर्मीहरुलगायत सबै दलको सहयोगमा सार्वजनिक जग्गामाथि भएको अतिक्रमण हटाउने बताए । साथै उक्त पत्रकार सम्मेलनमा उपप्रमुख कमरुद्दीन राईले बागेश्वरी मन्दिर नजिकैको चाइना बजारको जग्गा भोगाधिकार दिने निर्णय निवर्तनमा मेयर डा. धवलशमशेर राणाको गलत नियत भएको बताए । करौडौँ मूल्य बराबरको सार्वजनिक जग्गा व्यक्तिलाई भोगाधिकार दिनु गलत नियत भएको बताए । उक्त जग्गा नगर पालिकाको मातहत ल्याउन पहल सुरु भइसकेको उनी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका ९० प्रतिशत सार्वजनिक जग्गा अतिक्रमण भएको नगरको तथ्यांक छ । यी सबै अतिक्रम हटाउन नगरले प्रयास थाल्ने बताएको छ ।
मेरो अखबार । १२ भाद्र २०७९, आईतवार १९:२७