मेरो अखबार
बर्दिया । सरकारले आउदै गरेको मशिंर ४ गतेका लागी प्रादेशिक र सघिंय चुनावको घोषणा गरेसगंै सबै दलहरुले आफ्नो गतिविधीलाई तिव्रता दिदै आएका छन ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला अन्तर्गत बढैयाताल गाउँपालिका स्तरीय कमिटी गठन गरिएको छ । भदौ ११ गते बसेको शरद चन्द्र तिवारीको संयोजकत्वमा सो कमिटी गठन गरिएको हो ।
शरष चन्द्र तिवारीको संयोजकत्वमा भएको भेलाले ११ सदस्यीय समिती चयन गरेको हो ।
जसमा सह–सयोंजकमा सुशिल बस्याल,सचिवमा उद्धव सापकोटा,सह–सचिवमा सुदिप शर्मा र कोषध्यक्षमा सीता मगर गरी सदस्यहरु अनुपचन्द्र गीरी , टिकाराम पौडेल, अनिता बि.क.,गरिमा कोईराला, रामेश्वर मैनाली र बिनुराज पौडेल रहेका छन ।
मेरो अखबार । १३ भाद्र २०७९, सोमबार १०:४९