चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आजबाट प्रर्दशन

 

मेरो अखबार

शुक्रबार,नेपालगन्ज । आज शुक्रबार देखी नेपाली चलचित्र मन्दिरहरुमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रर्दशनमा आएको छ ।

 

  • ट्रेङगल लव स्टोरी आधारित चलचित्रमा नयिका पुजा शर्माले अभिनेताद्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसगँ गज्जबको रोमान्स गरेकी छिन ।

 

सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बिशुद्घ यूवापीडीलाई लक्षित मानेर बनाइएको प्रेममय चलचित्र हो । ट्रेङगल लव स्टोरी आधारित चलचित्रमा नयिका पुजा शर्माले अभिनेताद्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसगँ गज्जबको रोमान्स गरेकी छिन ।

चलचित्रको सम्पुर्र्ण छयांकन बिदेशमा भएतापनि नेपाली सस्कृतीलाई भने दर्शाउन खोजिएको छ ।

थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा मुख्य भुमिकामा कलाकार आकाश श्रेष्ठ,नायिका पुजा शर्मा र नवकलाकार सोनम तोप्देनको मुख्य भुमिका रहेको छ ।

साथै चलचित्रमा सिनियर कलाकार धिरेन शाक्य, सरोज खनाल र गौरी मल्लको पनि दमदार अभिनय रहेको छ ।