मेरो अखबार
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष लल्लन यादब विरुद्घ करणी गरेको भन्दै जाहेरी दर्ता भएको छ । एक महिलाले यादव बिरुद्घ जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गरेकी हुन । वडा अध्यक्ष यादब एमाले पार्टीका नेता हुन ।
- लामो समयदेखी जबरजस्ती करणी गर्दैआएको जाहेरीमा उल्लेख छ । जहेरीमा उनिहरु नाता रहेको पनि खुलाईएको छ ।
बढैयाताल गाउँपालिका सोही वडाका स्थित जोडिपिपल गाउँमा घर भई बस्दैगरेकी एक महिलाले उनि बिरुद्घ जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गरेकी हुन । लामो समयदेखी जबरजस्ती करणी गर्दैआएको जाहेरीमा उल्लेख छ । जहेरीमा उनिहरु नाता रहेको पनि खुलाईएको छ ।
सो उजुरी प्रहरीले दर्ता गरेर महिलालाई मेडिकल चेकजाचँको लागी पठाइएको ईलाका प्रहरी कार्यालय, मैनापोखरका प्रमुख प्रहरी निरक्षक कमल क्षेत्रीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि यादव सम्पर्क बिहिन भएको इन्सपेक्टर कमल क्षेत्रीले जानकारी दिए ।
मेरो अखबार । १८ भाद्र २०७९, शनिबार १२:४९