बाँके । अत्यधिक गर्मी हुने बाँकेमा डेंगीका बिरामीको संख्या सात पुगेको छ । नेपालगन्ज र कोहलपुरका सातजनामा डेंगी देखिएको हो ।
पोथी लामखुट्टेले टोकेर लाग्ने उक्त डेंगी ६ जना जिल्ला बाहिरबाट आएका र एकजनालाई यही संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कही कतै नगइ यही डेंगी संक्रमण नेपालगन्ज-४ का एकजनामा व्यक्तिलाई भएको हो । स्थानीय सचेत नभए डेंगीको प्रकोप अझ बढ्ने सक्ने आँकलन गरिएको छ ।
बाँके लामखुट्टे अनुकूल जिल्ला भएकाले जोखिम क्षेत्र भएको स्वास्थ्य कार्यालयकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जनाइन् । ‘६ जना बाहिर गएर आएकोमा देखिएको छ,’ उनले भनिन्, ‘कही कतै नगएका एकजनामा डेंगी देखिएको छ ।’ लामखुट्टेको टोकाइबाट बच्नु नै यस संक्रमणबाट बच्नु भएको उनको भनाइ छ ।
मेरो अखबार । २० भाद्र २०७९, सोमबार ०८:५१