नेपालगन्ज । बाँकेमा सञ्चालित सबैका लागि पढाइ परियोजनाअन्तर्गत प्रारम्भिक तहमा अपांगता भएका तथा पढाइमा कठिनाइ भएका बालबालिकाको पठन सीप विकास गर्न गरिएका विभिन्न कार्यक्रमको समीक्षा गरिएको छ । इजिआर शिक्षकलाई उत्पे्ररणात्मक सहयोग तथा अभिमुखिकरण कार्यक्रमअन्तर्गत भएका कामको समीक्षा गरिएको हो ।
युएसआइडीको आर्थिक सहयोग एचआइ र विश्व शिक्षाको साझेदारीमा डेक नेपालद्वारा सञ्चालित सबैका लागि पढाइ कार्यक्रमअन्तर्गत समीक्षा गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले अभिमुखिकरण गरेको समीक्षा बैठकमा उपस्थित शिक्षक शिक्षिकाले अपांगता भएका बालबालिकालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ । अपांगता भएका बालबालिकाको क्षमता विकास गर्ने, पढाइलाई निरन्तरता दिन विशेष ध्यान दिने गरिएको बताइएको छ ।
परियोजना कोर्डिनेटर गोविन्द फुलाराको विशेष उपस्थितिमा शनिबार र आइतबार दुई दिनसम्म चलेको समीक्षा बैठकमा ७४ विद्यालयले सहभागिता जनाएका थिए ।
मेरो अखबार । २० भाद्र २०७९, सोमबार ०९:०७