माओवादी नेता राप्रपामा प्रवेश

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगर कार्य समिति सदस्य शशीरञ्जन कणर् राष्ट्रिय प्रजातन्त्र राप्रपा (राप्रपा) मा प्रवेश गरेका छन् । उनलाई राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणाले शुक्रबार विधिवत्रुपमा पार्टीमा प्रवेश गराएका हुन् ।

पछिल्लो समय युवाहरुको राप्रपाप्रति आकर्षण निरन्तर बढेको राप्रपाको सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए । युवाहरु नै परिवर्तनका सम्बाहक भएकाले सबै युवाहरु एक हुनुपर्ने उनको भनाइ छ ।