मेरो अखबार
शनिबार ,नेपालगन्ज । प्रदर्शनरत चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङ आज शनिबार नेपालगन्ज आउने भएका छन् । शुक्रबारबाट नेपालगन्जको बागेश्वरी क्युएफएक्समा ‘प्रेमगीत ३’ लाई दर्शकको अत्याधिक साथ मिलिरहेको छ ।
आज शनिबार पनि चलचित्रले नेपालगन्जमा ९ शो पाएको छ । दिइएका ९ शो’नै हाउसफुल भएका छन् । त्यसैले, दर्शकसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्नको लागि ‘प्रेमगीत ३’ को टिम नेपालगन्ज आउन लागेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए।
प्रदीप र क्रिष्टिनाका अलावा चलचित्रका निर्माता एवम् निर्देशक सन्तोष सेन लगायत समेत नेपालगन्ज आउने बताइएको छ । चलचित्रको टिमले नेपालगन्जको क्युएफएक्स सिनेमाज,बागेश्वरी मन्दिर भिजिट गर्नेछ । साथै, दर्शकसंग भेटघाट समेत गर्नेछ। चलचित्र हेर्ने दर्शकको संख्या नेपालगन्जमा अधिक छ।
रिलिजको प्रहिलो दिन शुक्रबार पनि ७ शोहरु दर्शकको उपस्थितिले खचाखच थिए । आज शनिबार सार्वजनिक बिदा भएकोले पनि दर्शकको संख्या बढेको भएर थप शो थपेर ९ शो दिइएको छ । शनिबारका सबै शोहरु प्याक भएका छन् ।
नेपालगन्ज ‘प्रेमगीत ३’को नेपाली भर्सनसंगै हिन्दी भर्सन हेर्न चाहने दर्शकको संख्या पनि धेरै छ । हिन्दी भर्सन भने सोमबारबाट मात्रै नेपालमा रिलिज हुनेछ ।
मेरो अखबार । ८ आश्विन २०७९, शनिबार ०९:२४