आर्थिक संकटमा नीलसागर सेवा आश्रम

समिर शाही

नेपालगन्ज । नेपालगन्जस्थित नीलसागर सेवा आश्रम आर्थिक संकटमा परेको छ । पछिल्लो समय सहयोगी व्यक्तिले सहयोग नगर्दा उक्त आश्रम आर्थिक संकटमा परेको हो ।

  • आश्रमका संस्थापक अध्यक्ष खनालले लकडाउन पूर्व बाँकेवासीले गरेको सहयोगलाई एउटा पे्ररणाका रुपमा लिँदै आश्रम संकटमा परेको र सहयोग गरिदिन उनले सबैलाई आग्रह गरिन् ।

सोमबार नीलसागर सेवा आश्रमले छैठौ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरी यस्तो बताएको छ । पछिल्लो समय आर्थिक संकट हुँदा आश्रम चलाउन हम्मेहम्मे भएको बताइएको छ । हाल नेपालगन्जमा एक सय ५८ जना आमाबुबा तथा बाबुनानीहरु आश्रित छन् । संस्थाका सस्थापक अध्यक्ष सरिता खनालले आश्रम व्यवस्थापन गर्न निकै नै कठिनाइ झेल्नु परेको बताइन् । विगत ६ वर्षदेखि कठिन तरिकाले चलाएको र यस्तै चुनौती सामना गर्ने हो थप अगाडि लैजान सक्ने नसक्ने अन्योल रहेको उनी बताउँछिन् ।

आश्रमका संस्थापक अध्यक्ष खनालले लकडाउन पूर्व बाँकेवासीले गरेको सहयोगलाई एउटा पे्ररणाका रुपमा लिँदै आश्रम संकटमा परेको र सहयोग गरिदिन उनले सबैलाई आग्रह गरिन् । अध्यक्ष खनालले बाँकेभन्दा बाहिर आफैँ व्यवस्था गरेको तर, समस्या कोहलपुर र नेपालगन्जमा भएको जानकारी गराएकी छिन् ।

‘पछिल्लो समयमा आमाबुबाहरु थपिँदै  जानु भएको छ,’ उनले भनिन्, ‘तर, दानदाताहरु पहिलाभन्दा ५० प्रतिशत घट्नु भएको छ । सरकारबाट आउने पैसा पनि रोकिएको कारणले गर्दा यस्तो संकट आयो ।’ उनले ५÷७ महिनादेखि घरभाडा तिर्न नसकेको, दैनिकीरुपमा खाद्यान्न ल्याउने ठाउँमा तीनदेखि चार लाख तिर्न नसकेको अवस्था, स्कुलमा फि तिर्न समस्या रहेको बताइन् ।