रुकुम पश्चिममा भत्कियो गठबन्धनः गठबन्धनको बाधक माओवादी

 

मेरो अखबार

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भन्दै आएको रुकुम पश्चिममा पाँच दलीय सत्ता गठबन्धन भत्किएको छ । एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा माओवादी केन्द्रले एकलौटीरुपमा उम्मेदवार बनाउँदा यहाँ सत्ता गठबन्धन भत्किएको हो ।

अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएका छन् । एमालेले पनि उम्मेदवारी दर्ता गराएको छ । नेपाली कांग्रेसले प्रदेशसभा ख तर्फ नेपाली कांग्रेसले दाबी गरेको थियो । प्रतिनिधि र प्रदेश सभा क तर्फ माओवादीलाई सहयोग गर्ने र प्रदेशको एउटा सिट आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो । तर, माओवादीले गठबन्धनलाई लत्याउँदै सबै सिट आफैँले लिएको छ । सबै सिट माओवादीले लिएपछि आफ्नो अस्तित्व रक्षाका लागि भए पनि कांग्रेस एक्लै चुनावमा जाने नेपाली कांग्रेस रुकुमले जनाएको छ ।

 

रुकुम पश्चिमबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस जिल्ला सहसचिव यज्ञबहादुर विष्टले जनाए । उनका अनुसार प्रदेससभा सदस्यका लागि निर्वाचन क्षेत्र क तर्फ कांग्रेसको कणर्ाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय र ख बाट जिल्ला सभापति प्रेमप्रकाश ओलीले उम्मेदवारी दिएका सहसचिव विष्टले जनाए ।