मेरो अखबार
बर्दिया । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजापुर नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
बर्दियस्थित राजापुर नगरपालिका वडा नम्बर ४ को अमर सहिद दशरथ चन्द्र माविको खेल मैदानमा शुक्रबार बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।
केही दिन अघि नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तम कुमार विष्टको निर्देशनमा बज्रदल गण राझा बाँकेका गणपती श्याम आत्रेय पौडेल, सेनानी शिव थापा सहितको टोलिले स्थलगत अध्ययन गरी नगर प्रमुख दिपेश थारुको सल्लाह अनुसार उक्त सिबिर सञ्चालन गरिएको थियो । सो स्वास्थ शिबिरमा जनरल फिजिसियन सेवा, प्रसुती तथा महिला रोग,छाला तथा यौनजन्य रोग तथा अन्य स्वास्थ सम्बन्धी सेवा प्रदान गरिएको थियो । जेष्ठ नागरिक राजापुर ८ का निवासी ८५ बर्षिय मान बहादुर थारुको स्वस्थ्यजाँच गरि सुरु भएको शिविर जनरल स्वास्थ्य सेवामा ४८७ जना, महिला तथा स्त्रीरोग सेवामा ५५ जना, छालारोगका १०८ जना गरी कुल ६४१ जनाले सेवा लिएका थिए । सोही शिविरमा ल्याबसेवा ५० जना, एक्सरेसेवा ४० जना, इसिजी सेवा १० जनाले लिएका थिए ।
सो शिविर व्यवस्थापन गरी प्रभावकारी बनाउन सहयोग गर्ने राजापुर नगरपालिका स्वास्थ शाखा, नेपाली सेना, भेरी अस्पताल बाँके, जिल्ला अस्पताल गुलरिया, सम्पूर्ण स्वास्थ्यकर्मी, प्राथमिक स्वास्थ्य , केन्द्र राजापुर औषधि उपलब्ध गराउने केयर नेपालको सहयोगमा बि- ग्रुप बाँकेप्रति नगर प्रमुख दिपेश थारुले हार्दिक आभार व्यक्त गर्दै यस्तो खालको सहयोग समन्वयको निरन्तर अपेक्षा व्यक्त गर्नु भयो । उहाँले एक दिन अगाडि देखि खटिएर कुशल ब्यबस्थापन गर्ने संपुर्ण नेपाली सेना र टिम लिडर सेनानी शिव थापा प्रती विशेष धन्यवाद व्यक्त गर्नु भयो ।
बाढीपीडितहरुकाे स्वास्थ्यलाई ख्याल गर्दै सिविर आयाेजना गरिएकाे राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनाए ।
मेरो अखबार । ५ कार्तिक २०७९, शनिबार १९:२८