मेरो अखबार
नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा, स्थायीत्व दिनको लागि पार्टीले गठबंधन गरेको बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले पार्टीले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्नको नीम्ति लामो संघर्स गरेको बताएका छन् । उनले लोकतन्त्र र स्थायित्वमा जगमा उभिएर समृद्धि ल्याउने बताएका छन् । उनले २०४६ साल पछाडी उद्योग विस्तार कांग्रेसले गरेको र आगामी दिनमा उद्योगधन्दा विस्तार गरी स्वरोजगार सुनिश्चित गर्ने बताएका छन् ।
मेरो अखबार । १८ कार्तिक २०७९, शुक्रबार २३:१९