विन्दुको राप्रपा परित्यागले धवललाई धक्का 

बाँके –

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी मिति नजिकिँदै गर्दा सबैतीर माहोल तात्दै गएको अवस्था छ । बाँकेको क्षेत्र नम्बर २ को कुरा गर्दा प्रतिनिधि सभाका लागि उम्मेदवार दिएका पार्टीगत उम्मदेवार तथा स्वतन्त्र उम्मेदवारको चर्को प्रचार भई रहेको छ । यसमा क्षेत्र नम्बर २ मा प्रमुख प्रतिस्पर्धीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार इश्तियाक राई र राप्रपाका उम्मेदवार डा. धवल शमशेर राणा रहेका छन् । यस चुनावका दुवैजना दावेदारको रुपमा प्रस्तुत भई रहँदा चुनावी निर्णय कतातीर ढल्किन्छ भन्न एकिनका साथ भन्न नसकिने अवस्था चाही रहेको छ ।

तर चुनावी मुखमा राप्रपाभित्र भएको केही विद्रोहले डा. राणालाई असर पार्न सक्ने आकलन लगाउन सकिन्छ । राप्रपाभित्र भएको मनमुटाबका कारण राप्रपा जिल्ला उपाध्यक्ष विन्दु चर्तीमगरले दुई दिनअघि सामाजिक सञ्जालबाट गरेको विद्रोहले केही हलचल भने राप्रपाका लागि पक्कै ल्याएको छ ।

यसर्थमा विन्दुको विद्रोहले डा.धवललाई कत्तिको असर पार्छ भने अडकल केही आधारमा गर्न सकिन्छ ।

पहिलो कुरा विन्दु राप्रपा बाँकेका लागि जिल्लामा नाम चलेकै महिला हुन् । उनलाई बाँकेमा राजनीतिकसँगै, व्यवासयी, समाजसेवीका रुपमा पनि मानिसहरुले चिन्हे गर्दछन् । उनको व्यवसायी क्षेत्रमा आफ्नै पहुँच छ । उनी लुम्बिनी फ्लोरिकल्चर एसोशियसनकी उपाध्यक्षसमेत हुन् । उनलाई बाँकेमा पुष्प व्यवसायी सुरुवात गरेको श्रेय पनि जान्छ । त्य

त्यस्तै समाजसेवाका रुपमा उनले मानिसलाई व्यक्तिगत रुपमा आफ्नो व्यावसायको माध्यमबाट सहयोग गरिहेकी हुन्छिन् ।

यसर्थ विन्दुको सहभागिता रहेको क्षेत्रमा उनलाई विश्वस गर्ने व्यक्तिहरुले उनको विद्रोहलाई पनि साथ दिन्नन भन्न सकिन्छ । जसको धक्का धवललाई नै हुने पक्का हुन्छ ।

अर्को सन्दर्भमा २०७९ को स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने पनि राप्रपाबाट नेपालगन्ज उप–महानगरपालिकाको उपप्रमुख पदका लागि विन्दुले उम्मेदवारी दिएर लडिसकेकी छिन् । सो निर्वाचनमा विन्दुले नेपालगन्जमा राप्रपामात्रै नभएर उनको पनि व्यक्तिगत भोट छ भन्ने प्रमाण दिएकी छिन् ।

सो निर्वाचनमा विन्दुले प्रमुखमा राप्रपाबाट उम्मेदवार दिएका नन्दलाल वैश्य भन्दा २ हजार ५ सय ३७ मत बढी ल्याएकी थिइन् । यसको अर्थ विन्दुले स्थानीय निर्वाचनमा पाएको सो मत विन्दुको विद्रोहका कारण अन्त जान सक्ने सम्भावना प्रवल रहन्छ ।

त्यस्तै अर्को कुरा, विन्दुले पटक–पटक राप्रपाको नेतुत्व गर्दै नेपालगन्ज उद्योग वाणिज्यको निर्वाचनमा जित हासिल गरेकी छिन् । हालसम्म उनीमाथि राप्रपाभित्र कुनै पनि प्रकारको व्यक्तिगत आचल आउने जस्ता आरोप लागेको छैन ।

र सबैभन्दा महत्वपूर्ण भनेको, जब उनले सामाजिक सञ्जालमार्फत राप्रपा परित्यागको कुरा लेखेपछि उनीलाई विभिन्न पार्टीका व्यक्तिहरुले पछ्याई रहेका छन् । सामाजिक सञ्जालमार्फत उनीलाई प्रस्ताव राख्ने व्यक्तिहरुको पनि कमी छैन ।

यसर्थ उनको विद्रोहले डा.राणालाई चुनावमा ठूलो धक्का लाग्ने निश्चित देखिन्छ ।