नेकपा एमालेको यात्रा पाँच वर्षको भएको भन्दै उनले भने, ‘अरुको सरकारको टुंगो छैन । उनीहरुले जनतालाई धोका दिए । दुःख दिए । अस्थिर सरकारकै कारण जनताले दुःख पाइरहेका छन् । त्यसैले एमालेलाई एकल बहुमत दिनूस् हामी स्थिर सरकार बनाउँछौं । अनि जनताको दुःख बदल्छौं ।’ ‘तपाईंहरु मत दिनूस् हामी समृद्धि दिन्छौं, तपाईंहरु मत दिनूस् हामी स्थिर सरकार दिन्छौं । तपाईंहरु मत दिनूस्, हामी गाउँगाउँबस्तीबस्ती विकास गर्छौ र पूर्वाधारको अभियान चलाउँछौैं ।’
मेरो अखबार
१ मसिंर,बर्दिया – नेकपा एमालेको बहुमतीय सरकार बने गाउँगाउँ, बस्तीबस्तीमा विकास र समृद्धिको अभियान सुरु हुने बर्दिया निर्वाचन क्षेत्र नम्बर १ (क) उम्मेदवार सालिकराम अधिकारीले बताएका छन् । मैनापोखरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकलाई सुशासनसहित सेवा प्रवाह गर्नुका लागि ऐतिहास महत्वपुर्ण चुनावबाट नेकपा एमालेको एकल बहुमतीय सरकारले बन्ने जिकिर गरे ।
नेकपा एमालेको यात्रा पाँच वर्षको भएको भन्दै उनले भने, ‘अरुको सरकारको टुंगो छैन । उनीहरुले जनतालाई धोका दिए । दुःख दिए । अस्थिर सरकारकै कारण जनताले दुःख पाइरहेका छन् । त्यसैले एमालेलाई एकल बहुमत दिनूस् हामी स्थिर सरकार बनाउँछौं । अनि जनताको दुःख बदल्छौं ।’ ‘तपाईंहरु मत दिनूस् हामी समृद्धि दिन्छौं, तपाईंहरु मत दिनूस् हामी स्थिर सरकार दिन्छौं । तपाईंहरु मत दिनूस्, हामी गाउँगाउँबस्तीबस्ती विकास गर्छौ र पूर्वाधारको अभियान चलाउँछौैं ।’
नेकपा एमालेको सरकारले जनजीविकाका सवाललाई रुपान्तरण गर्ने उनको भनाइ छ । नेपालको विकास समृद्धिका लागि र नेपालको राष्ट्रियताका लागि स्पष्ट विचारसहित एमाले चुनावमा आएको उनी बताउँछन् । चुनावमा उनले आफ्नो निर्माण क्षेत्रलाई थप व्यवस्थित र समृद्ध बनाउने बताए । ‘बढैयाताल र बाँसगढीलाई पर्यटकीय, कृषि र औद्योगिक हब बनाउने योजना ल्याएको छु,’ उनी भन्छन्, ‘आफूले जनतालाई छलछाम नगरि स्पष्ट योजना ल्याएको छुँ । विगतमा पनि म योग्य छु छैन जनताले परीक्षण गरिसक्नु भएको छ ।’
मेरो अखबार । १ मंसिर २०७९, बिहीबार १६:२९