नेपालगन्जमा होम डेलिभरी सहित आधुनिक मिटमार्ट सञ्चालन

मेरो अखबार

नेपालगन्ज – बाँकेको नेपालगञ्जस्थित प्रदीप मासु प्याकेजिङ सेन्टर प्राली द्वारा आधुनिक मिटमार्ट सञ्चालनमा आएको छ।

स्वच्छ मासु बिक्री गर्ने उदेश्यले नेपालगञ्जको धम्बोकी चोकको ५० मीटर पश्चिम तर्फ उक्त मार्ट सञ्चालनमा आएको हो ।

विगत केही वर्षदेखि सोनकर परिवारले सञ्चालन गर्दै आएको उक्त मार्ट आज सोमबार देखि नयाँ भवनमा सञ्चालनमा ल्याएको सञ्चालक घनस्याम सोनकरले बताएका छन् ।

“ग्राहकको स्वास्थ्यहितलाई ध्यान राखी सफा स्वच्छ तथा फ्रेस मासु उपलब्ध गराउने हाम्रो प्रमुख लक्ष्य हो ” सञ्चालक सोनकरले भने ।

लोकल बजारमा मार्टले फ्रेस चिकेन, खसीको मासु,माछा लगाएत बटर,चीज, पनीर,प्रावन, आलुटिकी,पोटाटो bites,भेज बर्गर,चिकेन nuggets,चिकेन पपकर्न,फ्रोजन मःमः लगाएत विभिन्न फ्रोजन् आइटमहरु उपलब्ध गराउने सञ्चालक प्रदीप सनकारले जानकारी दिए । साथै काठमाडौं, बुटवल, धनगढी र सुर्खेतमा मार्टले पोर्क, बफ, होलचिकेन, ग्रिनपिस, स्वीटकर्न तथा अन्य आमूल आइटम उपलब्ध गराउने ” सोनकरले जानकारी गराएका छन्।

“नेपालगन्ज बजारमा विभिन्न टोल टोलमा मासुपसल भए पनि स्वस्थ र फ्रेस मासु नपाउँदा उपभोक्ता मर्कामा परेका थिए । अहिले मार्टको सञ्चालन व्यवस्थित र सफा भएपछि उपभोक्ता खुसी भएका छन् ।” सोनकर बताउँछन् ।

साथै, “अन्यत्र भन्दा हाम्रो मार्टमा सस्तो र नेपालगन्ज क्षेत्रभित्र अनलाइन मार्फत अर्डर भएमा होम डेलिभरी पनि गर्छौ ” मार्टका सञ्चालकले जानकारी गराएका छन् ।

राधेश्याम सोनकर सहित उनका दाजुभाइले सञ्चालन गरेको उक्त मिटमार्ट उनका आमा सेवातिदेवि सोनकरले उद्घाटन गरेकी हुन ।

(उद्घाटनका केही तस्बिरहरु )